प्राणीशास्त्रको दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा

प्राणीशास्त्रसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा शुरू भएको छ ।​​ प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा सम्मेलन शनिबारदेखि शुरू भएको हो । सम्मेलनअन्तर्गत शनिबार सोसाइटीको साधारणसभा भएको छ । सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन कार्यक्रममा पाण्डेले प्राणीको अध्ययन अनुसन्धान जरुरी रहेको र आगामी वर्ष बुटवलमा सम्मेलन भए सम्पूर्ण खर्च उपमहानगरले व्यहोर्ने बताए । कार्यक्रममा संस्थाका महासचिव डा. हर...