राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग गत पुस १४ गते भएको एकता सहमतिलाई अनुमोदन नगर्ने निर्णय गरेको छ । शनिबार बसेको रास्वपा सचिवालयको आकस्मिक बैठकले १२ दिनअघि भएको उक्त सहमतिलाई खारेज गर्दै उनेपासँगको एकता प्रक्रियालाई औपचारिक रूपमै अन्त्य गरिदिएको हो । एकता प्रक्रिया टुङ्ग्याउनुको मुख्य कारणबारे प्रष्ट पार्दै रास्वपाले उनेपाका तर्फबाट भएका 'अतिरिक्त माग' हरूलाई जिम्मेवार ठहर्याएको छ । रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "उनेपासँग भएको सहमतिभन्दा पर गई विभिन्न पूर...