रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले माग्यो उम्मेदवार, समानुपातिकमा भने सहभागी हुन नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया औपचारिक रूपमा भङ्ग भएलगत्तै उज्यालो नेपाल पार्टी (उनेपा) ले चुनावी तयारी सुरु गरेको छ । उनेपाले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिह्नबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि उम्मेदवारी आह्वान गरेको हो । पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसारले इच्छुक उम्मेदवारहरूले यही पुस ३० गतेभित्र पार्टीमा सम्पर्क गरिसक्नुपर्ने बताए । शनिबार रास्वपासँगको सहकार्य टुङ्गिएपछि उनेपाले आफ्नै अस्तित्वमा निर्वाचनमा होमिने निर्णय लिएको उनको भनाइ छ । यद्यपि, उज्याल...