संस्थापनको असहमतिबीच आजदेखि कांग्रेसको विशेष महाधिवेशन

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज (आइतबार) विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन शुरू हुँदैछ। भोलिसम्म चल्ने भनिएको विशेष महाधिवेशन काठमाडौंस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च  निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर ...