बिहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता शुरू हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौं आइसकेका छन् ।  महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए । उनका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।  उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिई आउनु पर्ने बता...