काठमाण्डौ – नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन शुरु हुँदैछ । आज र भोलि काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो । विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा ६ हजारभन्दा धेरै अट्ने गरी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पु...