काठमाण्डौ – आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई/मधेशमा केही ठाउँमा हुस्सु/कुहिरो लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आजराति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ । हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहान/बेलुकाको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले...