भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदै

काठमाण्डौ – घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ । तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र तेश्रो तथा अन्तिम खेल जनवरी १८ मा इन्डोरमा हुनेछ । एकदिवसीय शृङखलापछि यी दुई टोलीबीच जनवरी २१ देखि पाँच खेलको टी–२० शृङ्खला पनि हुनेछ ।