एक हप्ताअघि भेनेजुयलाको राजधानी काराकसमा भएको निकोलस मादुरोको गिरफ्तारी र अमेरिकी हिरासतको नाटकीय घटनाले विश्वको ध्यान खिचेको छ। अमेरिकी डेल्टा फोर्सका कमाण्डोहरूले शनिबार बिहान भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए। हाल उनीहरू न्यूयोर्कको जेलमा छन् र उनीहरूमाथि लागूऔषध तथा हतियार तस्करीको आरोप लगाइएको छ। अदालतमा पहिलोपटक उपस्थित हुँदा उनीहरूले आफू निर्दोष रहेको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएलाको प्रशासनमा अमेरिकाको भूम...