रवि लामिछाने र कुलमानको फरक बाटोदेखि काठमाडौँमा कांग्रेसको भव्य विशेष महाधिवेशनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– संस्थापनले जति विरोध गरेपनि नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु काठमाडौँमा हुँदैछ । विशेष महाधिवेशनलाई बहुमत प्रतिनिधिले साथ दिएकाले भव्य हुने बताइएको छ । यससँगै अब संस्थापनलाई भारी पर्ने देखिएको छ ।  ०००० यता कांग्रेसको संस्थापन पक्षले पार्टी कार्यालयमा बोलाएका दुवै भेला स्थगन भएको जानकारी दिएको छ । संस्थापनले विशेष महाधिवेशनलाई काउन्टर दिने गरी आ...