कांग्रेसको विशेष महाधिवेशन : काठमाडौंका ६ स्थानबाट जुलुस निस्कने, यी हुन् रुट

संस्थापनको असहमतिबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ।  उद्घाटन समारोह सकिएपछि आजै बन्दस...