आगामी २४ घण्टामा तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ । यस्तै पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भू–भागका थोरै स्थान...