निर्वाचनमार्फत योग्य र सक्षम व्यक्ति चयन गर्नुपर्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमार्फत योग्य र सक्षम व्यक्ति चयन गर्नुपर्नेमा जोड दिएका छन्। सांस्कृतिक समाजद्वारा शनिबार काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई आत्मसाथ गर्दै दलको दबाब र प्रभावमा नपरी सक्षम र योग्य व्यक्तिलाई जिताउन आग्रह गरे। सञ्चारमन्त्री खरेलले भने, “विभिन्न दबाब र प्रभावमा परेर मत दिएर पाँच वर्ष आशा र निराशाबीच बाँच्नुपरेको छ, त्यसैले फागुन २१ मा निर्वाचन हुँदैछ, आफ्नो विवेक प्रयोग गर्नुपर्छ, किनकि अबको भोट परिवर्तनका लाग...