धुनषा – जनकपुरमा ऐलानी जग्गाका विषयमा झडप हुँदा १२ जना घाइते भएका छन् । मिथिला नगरपालिका–२ मा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हडपेको भन्दै खाली गराउन गएका स्थानीय र त्यहाँका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् । झडपमा घाइते भएका सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार घाइते स्थानीय सुनील परियार, विक्रम परियारलगायतको टाउकोमा चोट लागेको छ । अवस्था असहज हुन नदिन ६ सेल अश्रुग्यास समेत प्रह...