इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक : ज्यान गुमाउनेको सङ्ख्या २ सय नाघ्याे

इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । आर्थिक सङ्कट र मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलनमा दमन गरिएको तर विरोध प्रदर्शन नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘टाइम’ र बीबीसीका अनुसार अहिलेसम्म कम्तीमा २ सय १७ जना मारिएका छन् । तेहरानका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २ सय १७ प्रदर्शनकारीको ज्यान गएकोबारे दर्ता गरिएको विवरण छ, तीमध्ये धेरैको गोली लागेर ज्यान गएको हो । बीबीसीले पनि रश्त शहरको एउटा अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ । घाइतेहरूको सङ्ख्...