माघ २४ र २५ गते पहिलो ललितपुर मेयर कप राष्ट्रिय पौडी प्रतियोगिता हुने

पहिलो ललितपुर मेयर कप राष्ट्रिय पौडी प्रतियोगिता २०८२ आगामी माघ २४ र २५ गते ललितपुरको सातदोबाटोस्थित इन्डोर हिटेड पौडी पोखरीमा आयोजना हुने भएको छ । 'मेयर कप - राष्ट्रिय पौडीको नयाँ अध्याय' भन्ने नाराका साथ सगरमाथा स्विम क्लबले पहिलो पटक मेयर कप स्विमिङ प्रतियोगिता आयोजना गर्न लागेको हो । ललितपुर महानगरपालिकाले प्रबर्द्धन गर्ने यस प्रतियोगितामा नेपाल स्विमिङ संघको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । वर्ल्ड अक्वाटिक्स र नेपाल स्विमिङ संघको खेल नियमको आधारमा प्रतियोगिता आयोजना गरिनेछ । २ दिन सम्म चल्ने प्रतिय...