काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित शहीद पार्कमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। नगरको पर्यटन विकासले स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै वक्ताहरूले सरकारी निकाय, स्थानीय समुदाय र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकुमार रिसालले नगरपालिका...