आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न चाहने आकांक्षीको संख्या कम्तीमा ४ रहेको पाइएको छ । पार्टीका क्षेत्रीय सभापतिदेखि हालै रास्वपासँग एकता गरेका काठमाडौंका मेयर बालेन साहका निकटस्थसम्म उम्मेदवार बन्न आकांक्षी देखिएका हुन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका श्रवण त्रिपाठी बालेनसँगको एकताअघि रास्वपाबाट प्रमुख दाबेदारका रूपमा चर्चामा थिए । त्रिपाठी हाल रास्वपाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन् । संगठन विस्तार र स्थानीय त...