नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनअघि राजधानीका विभिन्न स्थानबाट र्याली शुरू भएको छ । आइतबार दिउँसो १ बजे भृकुटीमण्डपबाट शुरू हुने उद्घाटन समारोहअघि राजधानीका ६ स्थानबाट छुट्टा-छुट्टै र्याली शुरू भएको हो । सबैतिरबाट आएका जुलुस भृकुटीमण्डपमा प्रवेश गरेपछि औपचारिक रूपमा उद्घाटन समारोह शुरू हुनेछ । विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने क्रम शुरू ...