नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले कांग्रेस रुपान्तरणका लागि शुरू गरेको अभियानलाई निर्णायक ठाउँमा पुर्याउन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन् । उनले आगामी निर्वाचनमा ५० प्रतिशत नयाँ अनुहारलाई अवसर दिन आग्रह गरे । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै चौधरीले सपना देख्ने युवाको सपनालाई सार्थक बनाउने पार्टी बनाउनु पर्ने बताएका हुन् । ‘गगन थापा र विश्वप्रकाश शर्मा दुवै महामन्त्रीलाई बधाई दिँदै भन्न चाहन्छु- अगाडि बढ्नुस्, रथ य...