काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले अमेरिकालाई ४ विकेटले हराएको छ । अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४९, पूजा महतोले ४३ रन बनाइन् । अमेरिकाकी तारा नोरिस र लेखा सेट्टीले २/२ विकेट लिए । यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । अमेरिकाकी एला क्लारिजले ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले २...