भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई छलफलमा बोलाएका छन् । उनले आफ्नो अस्थायी निवास महाराजगञ्जमा नेताहरूलाई आइतबार साँझ छलफलका लागि बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी नहुनका लागि गरेको अपिल बाबजुद देशभरका करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि कार्यक्रममा सहभागी भएका छन् । यति मात्र होइन १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट निर्वाचन पुष्पा भुसाल, डिला संग्रौला,देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाह लगायतका २० जना केन्द्रीय स...