चन्द्र भण्डारीले भने– शेरबहादुरजी आउनुस्, युवालाई पार्टी हस्तान्तरण गर्नुस् !

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनमा सहभागी भएर युवालाई पार्टी हस्तान्तरण गर्न सभापतिलाई आह्वान गरेका छन् ।  गिरिजाप्रसाद कोइरालाले बोलाएको भेलामा कृष्णप्रसाद भट्टराई पुगेर पार्टी एकता जोगाएको स्मरण गर्दै भण्डारीले सभापति शेरबहादुर देउवालाई पनि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन् । 'गिरिजाबाबुले बोलाएको भेलामा किसुनजी आएर 'साथीहरू– जय नेपाल ! अब हाम्रो कुनै विवाद छैन' भनेर विवाद समाधान गर्नुभएको थियो,' भण्डरीले भने, 'किसुनजीका अनुयायी शेरबहादु...