२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई पराक्रमवादीहरूको बनाउनु पर्ने बताएका छन् । ‘अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीको कांग्रेस बनाउनुपर्नेछ,’ कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने । मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनले महाधिवेशनले भ्रष्टाचारविरुद्ध विशेष प्रस्ताव पारित गरोस् भन्ने सुझाव दिए । उनले अहिलेसम्म सार्वजनिक पदमा बसेका […]