जसपा नेपाल र लोसपा एकता : महन्त संरक्षक, उपेन्द्र अध्यक्ष, चुनाव चिन्ह छाता

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको एकीकरणलाई मूर्तरूप दिन थप १२ बुँदे सहमति भएको हो । पार्टी एकतालाई मूर्तरूप दिन आइतबार दुवै पार्टीका अध्यक्षबीच १२ बुँदे सहमति भएको हो । सहमतिअनुसार महन्थ ठाकुर अब जसपा नेपालको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहनेछन् । सहमतिअनुसार राष्ट्रियसभामा मधेश प्रदेशबाट दलित, महिला र अल्पसंख्यक कलस्टरमा जसपा नेपालको तर्फबाट दिइएको उम्मेदवारी निष्क्रिय गरिनेछ । त्यसैगरी, फागुन २१ गते हुने प्रतिनिधिसभाको...