पार्टीलाई विधान अनुसार चलाउन संस्थापन पक्षका ३० जनाको ताकत लिएर आएका छौं- पुष्पा भुसाल

सभापति शेरबहादुर देउवा निकट मानिने केन्द्रीय सदस्य पुष्पा भुसालले विशेष महाधिवेशन सफल बनाउन ३० जना केन्द्रीय सदस्यको ताकत लिएर आएको बताएकी छन् । पार्टीलाई विधान अनुसार चलाउन आफूहरूले गरेको प्रयास विफल भएपछि ७७ जिल्लाका महाधिवेशन प्रतिनिधिको भावना सम्बोधन गर्न आफूहरू विशेष महाधिवेशनमा सहभागी भएको उनले बताइन । ‘हामी विधान सम्झाउन नेताहरूको घरमा गयौं । तर निराश भएर फर्किनुपर्‍यो त्यसैले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको सम्मान गर्न यहाँ आएका हौं’, भुसालले भनिन्, ‘विधानभन्दा बाहिर कोही नेता/का...