गगन र विश्वको साहसले देशभरका कांग्रेसको शिर ठाडो भएको छ- फरमुल्लाह मन्सुर

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको साहसले देशभरका कांग्रेसको शिर ठाडो भएको बताएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू थापा र शर्माको साहसलाई साथ दिन आएको बताएका हुन् । गत भदौको जेनजी आन्दोलनमा महामन्त्री गगन थापाले उठाएका कुरा नेतृत्वबाट सुनुवाइ नहुनु नै विशेष महाधिवेशनको जग बलियो बन्नु रहेको उनले बताए । अहिले कांग्रेसमा गगन थापा एक्लै नरहेको, देशभरका ५४ प्रतिशतभन्दा धेरै प्रतिनिधि उनको साथको रहेक...