नेपाली कांग्रेसका नेता सुधीर सिवाकोटीले कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले परिवर्तनलाई आत्मसात गर्न नसकेको बताएका छन् । सिटौला गलत घरमा गएको उनले टिप्पणी गरे । कांग्रेस दोस्रो विशेष महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै सिवाकोटीले सिटौला गलत ठाउँमा उभिएको बताएका हुन् । ‘मैले एउटा कुरा भन्नुछ, पूर्वमहामन्त्री सिटौला मेरो जिल्लाको क्षेत्रको नेता हो, जेनजी आन्दोलनपछिको परिवर्तनको लहरलाई आत्मसात गर्नसक्नु भएन, उहाँ गलत ठाउँमा उभिनुभएको छ,’ सिटौलाले भने, ‘तपाईंको घर त्यो होइन । यो घरमा फर्...