गगन र विश्वलाई लक्षित गर्दै महेश आचार्यले भने– नयाँ युगका नायक !

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री महेश आचार्यले नयाँ युगका नयाँ नायकहरू अगाडि आएको बताएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपमा सम्बोधन गर्दै आचार्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नयाँ युगको नायक भनेर सम्बोधन गरेका हुन् । 'युगले कोल्टे फेरेको छ । नेपालले र समाजले कोल्टे फेरेको छ । नयाँ युगका नयाँ नायकहरू जन्मिँदैछन् । अगाडि आएका छन्,' आचार्यले भने, 'तिनलाई स्वागत गर्नका निम्ति र नयाँ नेपालको भविष्य कोर्नका निम्ति आग्रह गर्न चाहन्छु ।' उनले ...