नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले कांग्रेस महामन्त्री गगन थापा राजनेता बन्ने विलक्षण प्रतिभा र सामर्थ्य रहेको नेता भएको बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले थापाकै अग्रसरताका कारण विशेष महाधिवेशन सम्भव रहेको बताएका हुन् । ‘राजनेता बन्ने विलक्षण प्रतिभा र सामर्थ्य रहेका महामन्त्री थापा र योग्य महामन्त्री विश्वप्रकाश शर्माहरूलाई बधाई भन्न चाहन्छु,’ चौधरीले भने । चौधरीले कम्युनिस्ट नेता लेनिनको भनाइ उद्धृत गर्दै भने, ‘कहिलेकाँही ...