काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दाे वातावरण हुने बताएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने बताउनुभएको हो । उहाँले एकीकृत सुरक्षा योजनाअनुसारका चार वटै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको बताउनुभयो । यसैबीच आयोगले आउँदो प्रति...