पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित ८ जनाको ज्यान गयाे

पाकिस्तानको राजधानी इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । विवाह समारोहपछि दुलहा–दुलहीसहित पाहुनाहरू सुतेको घरमा ग्यास सिलिन्डर विस्फोट भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । विस्फोटमा परि अरू सात जना गम्भीर घाइते भएका छन् । पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरहरूमा हुने ग्यास चुहावट र लापर्बाहीका कारण यसअघि प...