कांग्रेस विशेष महाधिवेशन : २ हजार ३५ जनाले नाम दर्ता गरे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाण्डाैको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता चलिरहेको छ । दोस्रो विशेष महाधिवेशनमा अहिले बेलुकी ५ बजेसम्म २ हजार ३५ जना प्रतिनिधिले नाम दर्ता गरेका छन् । दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया भइरहेको छ । कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशमा रहेकाे जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका क...