नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको मूल प्रश्न कांग्रेस बलियो बनाउने मात्र नरहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले प्रधान मुद्दा देश भएको बताए । 'आजको मूल प्रश्न कांग्रेसलाई बलियो बनाउने होइन, प्रधान मुद्दा देश हो,' शर्माले भने, 'राष्ट्रिय झण्डालाई शिरमा राखेर, हिजो देशका लागि कुरबानी गरेका शहीदहरूलाई सम्झेर र देश बनाउँछौं भनेर हुटहुटी बेकेकाहरूलाई सम्झेर देश बनाउन चाहन्छौं ।' उनले विगतमा कांग्रेसले देशलाई ...