कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

काठमाण्डाै – राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुग्दा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको थियो । आयोगले आज राष्ट्रियसभा चुनावका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । राष्ट्रियसभा चुनावको मतदान आउँदो माघ ११ गते हुँदैछ । १८ ...