एक जना व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्छौं- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक जना व्यक्ति दुईपटक भन्दा धेरै प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । कांग्रेस विशेष महाधिवेशनलाई आइतबार साँझ भृकुटीमण्डपमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले यो विशेष महाधिवेशनले अब कांग्रेसको कुनै पनि व्यक्ति दुईपटक भन्दा धेरैपटक प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेर जाने बताएका हुन् । उनले एकपटक राष्ट्रपति, तीनपटक मन्त्री र बढीमा चार पटक सांसद हुन पाउने व्यवस्था गरिने पनि बताए ।