पार्टीभित्र नवीन आत्मविश्वास भर्न नयाँ ढंगले जाने मनोविज्ञान र मोडमा छौं– विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई नवीन आत्मविश्वास र नेपाली समाजमा विश्वास भर्न विशेष महाधिवेशन गर्नु परेको बताएका छन् । कांग्रेसलाई बलियो बनाउन मात्र नभई देशलाई बलियो बनाउन र गति दिन विशेष महाधिवेशन बोलाइएको उनले बताए । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले देश बदल्नका लागि आफूहरू बदलिन तयार रहेको बताएका हुन् । ‘विशिष्ट परिस्थितिमा दोस्रो विशेष महाधिवेशन भइरहेको छ । पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ, नेपाली समाजमा...