इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ । अमेरिकाले हस्तक्षपेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सकर्तता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हस्तक्षेप गर्ने धम्की दिँदै इरानी शासकहरूलाई प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग नगर्न चेतावनी दिँदै आउनुभएको छ । हिजो ट्रम्पले इरानले स्वतन्त्रता खोजिरहेको र अमेरिका मद्दत गर्न तयार रहेको बताउनुभएको थियो । इजरायलले भने तत्काल इरानमा आक्रमण गर्ने सङ्केत गरेको...