कांग्रेस दास र लासहरूको पार्टी होइन- गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन् । आइतबार साँझ भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेस जिउँदा जाग्दा मानिसहरूको पार्टी भएको बताएका हुन् । उनले कांग्रेस कुनै बा को पार्टी नभएको समेत बताए । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । यो जिउँदा मान्छेहरूको पार्टी हो । यहाँ कुनै बा छैन, जसले नबोल् भन्दा चुप्प लाग्नुपर्छ । यहाँ सबैको हैसियत बराबर छ’ थापाले भने । उनले कांग्रेसमा प्रश्नलाई निषेध...