नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीका नेताहरूलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्म लाभका पद लिन कार्यकालको सीमा तोक्ने भएको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बन्दसत्रमा पेश गर्ने गरी तयार पारेको सांगठनिक प्रतिवेदनमा सो विषय उल्लेख छ । 'एकपटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक मात्र सांसद बन्न पाउने विषय प्रतिवेदनमा छ,' शर्मानिकट स्रोतले लोकान्तरसँग भन्यो । उनले यो विषयलाई पार्टीको विधान महाधिवेशनमा पनि प्रस्ताव गरेका थिए । तर, पारित हुन सकेको थिएन । साथै, सांगठनिक प्रतिव...