साँझ अबेरसम्म पनि भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताको भिड [फोटोफिचर]

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार शुरू भएको छ । आइतबार उद्घाटनसत्र भएको महाधिवेशनको बन्दसत्र भोलि सोमबार बिहान ८ बजे शुरू हुनेछ । उद्घाटनसत्रका लागि काठमाडौंको भृकुटीमण्डपस्थित खुला चौरमा मञ्च बनाइएको थियो भने बन्दसत्र भृकुटीमण्डपमै रहेको हलमा हुनेछ । उद्घाटनसत्रलाई पूर्वउपसभापति गोपालमान श्रेष्ठदेखि संस्थापनकी केन्द्रीय सदस्य पुष्पा भुसालसम्मले सम्बोधन गरे । साँझ अबेर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सभालाई सम्बोधन गरे । उनीहरूले सम्बोधन गर्ने बेलासम्म पनि महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्ता कार्यक्र...