नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशनबाट पार्टी नफुटोस् भन्ने चिन्ता व्यक्त गरेका छन् । आइतबार साँझ सभापति शेरबहादुर देउवाले बोलाएको उनीनिकटका नेताहरूको छलफलमा सहभागी लेखकले यस्तो बताएका हुन् । उनले देउवा निवास महाराजगञ्जमा विशेष महाधिवेशन र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल भएको बताए । ‘अहिले हामीले के गर्नु, पार्टी विभाजन नहोस् भन्ने कामना गर्ने हो । विभाजनमा नलैजान के गर्ने भन्ने कुरा त विशेष महाधिवेशन पक्षधर साथीहरूले जान्ने कुरा हो’, लेखकले भने, ‘विशेष महाधिवेशनको उद्घ...