नेपाली कांग्रेसका नेता गुरु घिमिरेले विशेष महाधिवेशनमा हुने हरेक छलफलमा प्रत्यक्ष सहभागी भई महाधिवेशनलाई उत्सवमार्फत ठीक दिशाबोध गर्ने कार्यमा सक्रिय हुन आह्वान गरेका छन्। भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता घिमिरेले भने, “नयाँ कार्यदिशा र नीति तय गरौँ, विधानमा संशोधन गरौँ, महाधिवेशन माग्दा राखेका विषय सम्बोधन गरौँ।” यस्तै कांग्रेस नेत्री पुष्पा भुसालले महाधिवेशनमार्फत तय हुने नीति र नेतृत्वले युवा पुस्ता विदेश पलायन तथा महिला हिंसामा पर्ने अवस्थाको अन्त्य गर्ने सन्देश दिनुपर्ने आवश्य...