नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीति र नेतृत्व दुवै परिवर्तन गर्ने महाधिवेशन प्रतिनिधिहरूको चाहना अनुसार बन्दसत्रको हलले गर्ने निर्णय स्वीकार्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवालगायत नेतालाई भोलिको बन्दसत्रमा उपस्थित हुन आग्रह गर्दै गगनले उपस्थित नभएमा प्रतिनिधिले गर्ने निर्णय मान्नुपर्ने समेत बताए । काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनले चाह्यो भने नेता र नेतृत्व परिवर्तन गर्ने बताएका हुन् । ‘आज उद्घाटन भयो भोलि बन्दसत्र छ । भोलि...