नेपाली कांग्रेसको विशेष महाधिवेशन: भोलिदेखि बन्द सत्र सुरु, नीति र नेतृत्वबारे छलफल हुने

 नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्द सत्र सुरु हुने भएको छ । विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यले भव्य र उत्साहपूर्ण रूपमा उद्घाटन सत्र समापन भएको बताउँदै भोलि बिहान ८ बजेदेखि बन्द सत्रको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।  । विशेष महाधिवेशनको बन्द सत्र ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने आचार्यको भनाइ छ । बन्द सत्रको प्रारम्भमा महाधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरी पारित गरिनेछ । यो महाधिवेशन प्रतिनिधिहरू आफैँले आयोजना गरेको विशिष्ट प्रकृतिको कार्...