समानुपातिक सूचीमा परेका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने

आउँदो फागुन २१ गतेलाई तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीमा समावेश भएका उम्मेदवारले भोलि सोमबार नाम फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा समावेश भएका कुनै पनि उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिन सक्ने बताएको छ ।  ‘कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत् समेत नाम फिर्ता लिनका लाग...