कांग्रेस विशेष महाधिवेशन : २६६२ जना प्रतिनिधिले गराए नाम दर्ता, कट्यो बहुमत

नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कायम रहेका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये पहिलो दिन करिब ५६ प्रतिशत प्रतिनिधिहरूले नाम दर्ता गराएका हुन् । बहुमत सङ्ख्या पहिलो दिनमै दर्ता भएपछि आयोजक पक्ष उत्साहित देखिएको छ ।  विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेद्वारा आइतबार राति जारी प्रेस विज्ञप्ति अनुसार प्रदेशगत र संगठनगत रूपमा छुट्ट...