सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्षमाः प्रतिवेदन

एक उद्योगसम्बन्धी प्रतिवेदनले सन् २०२५ मा विश्वभर रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडि रहेको खुलासा गरेको छ । यसले उदाउँदो निर्माण क्षेत्रमा चीनको तीव्र प्रगतिलाई स्पष्ट रूपमा देखाएको छ । लन्डनस्थित प्रविधि परामर्श संस्था ओमडियाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार शाङ्घाइस्थित एजीबोटले वार्षिक पाँच हजार एक सयभन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत हिस्सा हासिल गरेको छ । आपूर्ति संख्या र बजार हिस्साको आधारमा कम्पनी विश्वमै पहिलो स्थानमा रहेको छ । यसपछि हाङझाउस्थित युनिट्री र सेन्जेनस्थित युबिटेक क्...