गगन र विश्वप्रकाशलाई एमाले नेता योगेश भट्टराईले गरे सलाम

नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनसँगै राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरेको छ । यसै क्रममा नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको साहसको खुलेर प्रशंसा गर्दै उनीहरूलाई 'सलाम' गरेका छन् । कांग्रेस संस्थापन पक्षको चर्को विरोध र बहिस्कारका बिच भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन आयोजना गरेर पार्टी रूपान्तरणको आँट देखाएको भन्दै भट्टराईले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, "हामीले बोल्यौँ, केही गर्&zw...