वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आज पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षपीठको अवलोकनका क्रममा मन्त्री चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी दिए । गोरक्षपीठस्थित योगी नरहरिनाथको समाधिस्थलमा रहेको प्रतिमा क्षेत्रलाई आकर्षक स्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा त्यस क्षेत्रका सम्पदाको अ...